संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् ।

प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए ।

Advertisement

‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको छु । चौतारी, युनियन, सेन्टर भनेर अहिलेको यो सिस्टमको स्थापना पक्षमा भूमिका खेलेका मान्छेहरू पनि विभाजित भएर एकले अर्कोलाई नङ्ग्याउने क्रम बढेको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘अहिले भएको यो सत्ता सहकार्य हामी कसैलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ । यसले प्राप्त गरेका तथ्यहरू र उपलब्धिहरूमा कसैले पनि आँखा चिम्लन हुँदैन ।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक सर्वसम्मतले पारित गरिने उल्लेख गरे । प्रदेशसभामा छलफलमा रहेको विधेयकमा केही संशोधनसहित पारित गरिने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!