संगालोखबर
फाइल तस्विर

विराटनगर  । माघ महिनामा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चार हजार तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार चार हजार दुई सय ४९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् ।

केबलकारको विषयलाई लिएर बारम्बार आन्दोलन भएपनि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्यामा कमी नआएको समितिले जनाएको छ । समितिका अनुसार माघ महिनामा १० लाख ४० हजार ती सय रुपैयाँ भेटी सङ्कलन भएको छ ।

Advertisement

पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीमा ताप्लेजुङ जिल्ला बाहिरका धेरै छन् । यातायात बन्द हुँदा समस्यामा परेका तीर्थयात्रीहरूलाई सुरक्षाकर्मीले पाथीभरासम्म  पुर्‍याउन सहयोग गरेका थिए । पाथीभरामा वार्षिक तीन लाखसम्म तीर्थयात्री आउने गरेको तथ्याङ्क क्षेत्र विकास समितिसँग छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!