विराटनगर । टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूका लागि अफर घोषणा गरेको छ । टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० रीफ्रेश २ भिबीटीका लागि अफर घोषणा गरेको हो ।
बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै दुई वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत देशैभरका ग्राहकहरूले दुई वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्टस, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तरगत ग्राहकहरूले ३१ हजारसम्मको बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।
विराटनगरमा पनि आधिकारिक बिक्रेता केशरी चन्द भवरलालले उक्त योजनालाई एक कार्यक्रमका बीच शुभारम्भ गरेको छ । सोरुमका बिक्री तथा मार्केटिङ म्यानेजर गोविन्द पोखरेलले उच्च गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले अफरको शुभारम्भ गरिएको जानकारी दिए ।