धनकुटा । नेकपा एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनले छाराको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो ।
नव गठित कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उपसचिव ( खुल्ला) मा मानबहादुर राई ‘बुद्ध’ र उपसचिव (महिला) मा दुर्गा ढकाल ‘बस्नेत’ निर्वाचित भएका छन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छ ।
निर्वाचित कमिटीको नामावली