संगालोखबर


विराटनगर । नेपाल विश्वका भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल १०७ औं स्थानमा परेको हो ।

सर्वेक्षण गरिएका १८० देशमध्ये साउथ सुडान विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा परेको छ । युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ ।

Advertisement

डेनमार्कले १०० मध्ये ९० अङ्क प्राप्त गरेको छ भने साउथ सुडानले ८ अङ्क पाएको छ । नेपालले ३४ अङ्क पाएको छ । गत वर्ष नेपालले ३५ अङ्क पाएको थियो । यो नतिजाले नेपालमा भ्रष्टाचारविरुद्ध प्रभावकारी काम नभएको देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!