संगालोखबर


विराटनगर । विराटनगरमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनमा तीन दिने ‘सेल्फ-डिफेन्स’ तालिम सञ्चालन गरिएको हो ।

सत्यनारायण माध्यमिक विद्यालयमा सुरु भएको तालिम शनिबार सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले विद्यालयमा अध्ययनरत किशोरीहरूलाई यो तालिम प्रभावकारी हुने बताए ।

Advertisement

बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा महिला सेल्फ-डिफेन्स तालिम सञ्चालन गर्ने उल्लेख गरे । तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका करिब एक सय किशोरीहरूको सहभागिता छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!