
सुनसरी । सुनसरीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०२ च ५४७९ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।
पिकअपको ठक्करबाट स्कुटर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २७ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप चालक उदयपुर बेलका नगरपालिका-३ का २१ वर्षीय सविन साहलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । तीब्र गतिमा रहेको पिकअपका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।