विराटनगर । विराटनगर-३ एयरपोर्ट मोड नजिकैको सोरुमबाट कार चोरी भएको छ । राति पूजा इन्टरनेशनल प्रा.लि.को सोरुमबाट आज बिहानको राति सिसा फोडेर कार चोरी भएको हो ।
कम्पनीका अनुसार भक्स्वागन कम्पनीको बा ०१३० च ८५८१ नम्बरको कार चोरी भएको हो । कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार आज सोरुमको मुख्य गेट खोलेर सिसा फुटाएर कार चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो ।
कम्पनीका अनुसार चोरी भएको कारको मूल्य ७९ लाख ५० हजार रुपैयाँ पर्छ । ‘दुई वटा कार मध्ये एउटा कार केही दिन पहिला काठमाडौं लगिएको थियो’, एक कर्मचारीले भनिन्, ‘एउटा कार मात्रै भएको अवस्थामा सोरुमको सिसा फुटाएर चोरी भयो ।’
चोरी भएको कार प्रहरीले खोजी रहेको छ । ‘बोर्डर एरियामा निगरानी बढाएर खोजी भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी हेमराज ओलीले संगालोखबरसँग भने, ‘सिसी टिभी फुटेज नियाल्ने काम गरिरहेका छौं ।’