जोखिम निम्त्याउँदै विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ (फोटो फिचर)
विराटनगर । फोहर बिसर्जन स्थल (डम्पिङ साइट) अव्यवस्थित हुँदा विराटनगरमा प्रदुषण बढ्दो छ । विराटनगर–६ मा बस्ती र खेतीयोग्य जमिनको बीचमा रहेको डम्पिङ साइटका कारण वरिपरिको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।
विराटनगरको डम्पिङ साइटका रूपमा प्रयोग हुँदै आएको ब्रह्मपुरा क्षेत्र चौबिसै घण्टा धुवाँ र दुर्गन्धमा निसास्सिन बाध्य भएको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने गरी बस्तीको बीचमा फोहोर म...




















