नयाँ स्वरुपमा विराटनगरको वीरेन्द्र सभागृह
विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको पहिलाकै संरचनालाई पुनःनिर्माण गरेर सुविधासम्पन्न बनाइएको हो ।
सभागृहभित्र ४२० वटा सामान्य सिट बनाइएको छ भने १२ वटा ‘भीआइपी सिट’ निर्माण गरिएको छ । यस्तै, सभागृहमा मिडिया सेन्टर, थिएटर, भीआइपी कक्ष, मिटिङ हल, भीआइपी वेटिङ रुम, चेन्जिङ रुमलगायत सुविधा छन् ।
२०७८ बैशाखमा ठेक्का सम्झौता भएपछि समानान्तर जोशी, ...




























