मोहन ढकाल/संगालोखबर


विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ ।

विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम भने ७ करोड ११ लाख ५३ हजार छ । यस्तै, पथरीशनिश्चरेमा लेखापरीक्षण गरेको १ अर्ब ३८ करोड ९८ लाख ३८ हजार रुपैयाँमध्ये ४ करोड ८९ लाख २५ हजार बेरुजु देखिएको हो ।

Advertisement

सुन्दरहरैंचा नगरपालिकामा ३ अर्ब ६ करोड ५६ लाख ८९ हजार लेखापरीक्षण गर्दा ९ करोड ९२ लाख ३८ हजार बेरुजु देखिएको छ । यसैगरी, कानेपोखरी गाउँपालिकाको १ अर्ब ७७ करोड ८८ लाख ८४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा बेरुजु रकम ५ करोड ५३ लाख ४० हजार पुगेको पाइएको छ ।

केराबारी गाउँपालिकाको बेरुजु ४ करोड ३६ लाख ९८ हजार पुगेको छ भने जहदा गाउँपालिकाको बेरुजु रकम ४ करोड ४१ लाख ८३ हजार पुगेको छ । यस्तै, उर्लाबारी नगरपालिकाको ६ करोड ७६ लाख ९५ हजार बेरुजु पुग्दा रंगेली नगरपालिकाको ४ करोड ६३ लाख ५२ हजार, बेलबारी नगरपालिकाको ३ करोड ५९ ला २ हजार बेरुजु पुगेको छ ।

रतुवामाई नगरपालिकाको ३ करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको ३ करोड ३५ लाख ५६ हजार तथा सुनवर्षी नगरपालिकाको २ करोड ७१ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यसैगरी, कटहरी गाउँपालिकाको २ करोड ५७ लाख ३५ हजार बेरुजु पुग्दा ग्रामथान गाउँपालिकाको २ करोड १८ लाख ५९ हजार बेरुजू पुगेको छ । यस्तै, धनपालथान गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको ३ करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको बेरुजू ४ करोड ४५ लाख १५ हजार रुपैयाँ बेरुजु पुगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!