मोहन ढकाल/संगालोखबर

विराटनगर । मोरङको रङ्गेली नगरपालिका–६ पिपल चोकका गणेश सहनीले आफूलाई न्याय दिलाइदिन माग गरेका छन् । नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले बिना कारण बारम्बार अपमान गरेको भन्दै न्याय दिलाइदिन माग गरेका हुन् । बिहीबार पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनमार्फत् उनले आफन्तसँगको पुरानो रिसिबीलाई लिएर अहिले आफूमाथि अन्याय गरिरहेको उनले बताए ।

Advertisement

लामो समय वैदेशिक रोजगारीमा बिताएका उनी नेपालमै केही गर्छु भन्ने मनसायले एक वर्षघि नेपाल फर्किए । उनले मोरङको सुनवर्षी नगरपालिकास्थित गोबिन्दपुरमा सौरभकुमार यादवबाट १ बिगाहा ६ धुर जग्गा किने । तर त्यो जग्गा खोला छेउको परेछ । उनले भने, ‘पहिला एउटा जग्गा देखाएको थियो । तर पछि अर्कै जग्गा पास गरिदिएछन् ।’

२०८० साउन १० मा जग्गा पास भयो । पछि अर्कै स्थानको जग्गा पास भएको थाहा पाएको उनले सुनाए । त्यसपछि रङ्गेली नगरपालिकाको न्यायिक समितिमा उजुरी दिन गएको उनको भनाइ छ ।

तर न्यायिक समितिका संयोजक रङ्गेली नगरपालिकाकी उप–मेयर भुमा पराजुली र उजुरी प्रशासक पशुपतिलाल दासले जग्गासम्बन्धी मुद्दा न्यायिक समितिले हेर्दैन भनेर दर्ता नगरेको उनको भनाइ छ ।

त्यसको केही समयपछि दिलखुस सहनी र बुधनीदेवी साहले बुबा जागेश्वर सहनीविरुद्ध जग्गा किचलोसम्बन्धी मुद्दा न्यायिक समितिमा दर्ता गराएको उनले बताए । उनी भन्छन्, ‘आफू जाँदा जग्गा सम्बन्धी मुद्दा हेर्न मिल्दैन भनेर पन्छिए । पछि बुबाको बिरुद्ध अरुले हालेको मुद्दा भने दर्ता भयो ।’

गत चैत ६ गते सिमानाको रुख बिरुवाले असर गरेको सम्बन्धमा आफू र उमेश सहनीबिरुद्ध फेरि न्यायिक समितिमा मुद्दा परेको उनको भनाइ छ । दिलखुस र बुधनीदेवीले मुद्दा हालेको उनले बताए । उनी भन्छन्, ‘उनीहरूले मुद्दा हालेको स्थानमा मेरो जग्गा नै छैन । सोही मुद्दालाई लिएर कार्यालयमा नै न्यायिक समिति संयोजक तथा उप–मेयर पराजुली र उजुरी प्रशासकले गालीगलौज गरे । यसमा मेरो कुनै गल्ती थिएन ।’

सहनी आफूमाथि गालीगलौज गरेको भन्दै नगरपालिकामा उजुरी दिन गए । तर नगरपालिकाले उजुरी लिन नमानेको उनको भनाइ छ । मेयर अग्रवालले आफूमाथि भएको दुर्व्यबहारको बारेमा नसुनेर उल्टै दुर्व्यबहार गरेको उनको भनाइ छ ।

उनले भने, ‘मैले सबै कुरा मेयरलाई सुनाएँ । तर उल्टै तिम्रो गल्ती छ भन्दै गालीगलौज गरे । मोबाइल समेत फुटाइदिए । प्रहरी बोलाएर हामी निवेदन दिन्छौ, यसलाई थुन्नु भन्ने आदेश थिए ।’ आफूले बिनागल्ती दुर्व्यवहार भोग्नु परेको उनको भनाइ छ । ‘मेरो गल्ती रहेछ भने कानुनअनुसार सजाय पाउनुपर्छ । हैन भने मैले न्याय पाउनुपर्छ’ उनले भने ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!