मोहन ढकाल/संगालोखबर

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना सुरु भएको मेलाको बिहीबार विराटनगरको सिटी प्यालेस होटलमा आयोजित कार्यक्रममा उनले उद्घाटन गरेका हुन् ।

Advertisement

कोशी प्रदेशमा रोजगार मेला भोलि शुक्रबारसम्म सञ्चालन हुने छ । कोशी प्रदेशबाट सुरु भएको मेला अन्य सबै प्रदेशमा आयोजना हुँदै बागमती प्रदेशमा ३० गते समापन गरिने छ ।

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने साथै नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको जनाइएको छ ।

मेलामा विभिन्न रोजगारदाताहरूले स्टल राखेका छन् भने रोजगारीको खोजीमा रहेकोहरूको बाक्लो उपस्थिति रहेको छ । मधेस प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते मेला आयोजना हुनेछ ।

यस्तै, लुम्बिनी प्रदेशको बुटबलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बागमती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सरकारका मन्त्री, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, उद्योगी व्यवसायीलगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!