मोहन ढकाल/संगालोखबर


विराटनगर । ओरेक नेपाल विराटनगरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र निःसन्तानको सवाल विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आज पत्रकार महासंघ मोरङको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ओरेकले नेपालमा बाँझोपनको समस्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ ।

नेपालमा बाँझोपनसम्बन्धी यकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रूपमा रहेको ओरेक नेपाल विराटनगर प्रमुख सरस्वती दनुवारले बताइन् । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको उनको भनाइ थियो ।

Advertisement

बाँझोपन उपचार सेवालाई अस्पतालहरुमा बिस्तार गर्ने सरकारको लक्ष्य भएपनि सो अनुसार काम नभएको उनले बताइन् । स्वास्थ्य संस्थाहरूले निःसन्तानपनाको सेवा दिएपनि मुलतः महिला केन्द्रित रहेको पाइएको उनले उल्लेख गरिन् ।

निःसन्तानपना महिला र पुरुष दुवैको कारणबाट हुन सक्ने उनले बताइन् । सर्वेक्षणका क्रममा निःसन्तानपनाको सेवा र प्रविधिबारेमा सेवाग्राहीबाट ‘थाहा छैन’ भन्ने जवाफ आउने गरेको उनले बताइन् ।

सरकारले महिलाको निःसन्तानपना सम्बन्धी आवश्यक विश्लेषण गरी अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन् । निःसन्तानपनाका कारण लैंगिक हिंसा बढ्दै गएको अध्ययनका क्रममा पाइएको ओरेक विराटनगर प्रमुख दनुवारले बताइन् । घरपरिवार, छिमेकमा बालबच्चा नभएपछि महिलालाई हेप्ने, अपशब्द प्रयोग गर्ने, मानसिक समस्याको सिकार भएको पाइएको उनले उल्लेख गरिन् ।

आर्थिक वर्ष २०७७–७८ मा ६ हजार २३४, २०७८–७९ मा ७ हजार ५२३ र २०७९–८० मा ८ हजार ३५३ जना निःसन्तानको समस्या लिएर प्रसुति अस्पताल पुगेको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!