मोहन ढकाल/संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको करिब ३ किलोमिटर हुलाकी सडक कहिले बनिसक्ला यकिन भन्न सकिँदैन ।

Advertisement

लामो समयदेखि कछुवाको गतिमा निर्माण भइरहेको उक्त सडक छेउछाउका स्थानिय धुलोका कारण आजित भइसकेका छन् । दैनिक ठूलासाना सवारीसाधनको चाप भइरहने यो सडकमा उड्ने धुलोले व्यापार–व्यवसायमा समेत समस्या निम्त्याएको छ ।

बर्षामा हिलाम्य र अन्य समयमा धुलाम्य हुने समस्याका कारण स्थानीयलाई आउजाउमा समेत समस्या हुने गरेको छ । करिब १० वर्षको अवधिमा समेत निर्माण सम्पन्न हुन नसक्दा सास्ती भोग्न बाध्य हुनुपरेको स्थानीय उत्तम दाहालले बताए ।

सडकबाट उड्ने धुलोका कारण स्वास्थ्यमा समेत समस्या देखिने गरेको जामुनगाछीस्थित आइतबारे चोकमा चियानास्ता पसल सञ्चालन गर्दै आएकी रिता गौतम बताउँछिन् । उनी भन्छिन, ‘धुलोकै कारण व्यवसाय पनि चल्न छाडेको छ । सडकमा पानी नहाल्दा समस्यामै बस्न बाध्य भएका छौँ । सम्बन्धित पक्षको चाँडो ध्यान गए समस्याबाट छुटकारा मिल्थ्यो कि ?’

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!