मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

Advertisement

६२ जना सांसद उपस्थित रहेको प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीले ५७ सांसदबाट विश्वासको मत पाएका हुन् । एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ३ र जसपाका १ सांसदले सांसदले पक्षमा मत दिएका हुन् ।

बैठकमा उपस्थित भए पनि पार्टीको निर्णयअनुसार राप्रपाका सांसद भने विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बसेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यममन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाईको मिति जेठ ९ गतेलाई तोकिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!