
धनकुटा । धनकुटाको पाख्रीवासमा तास खेल्दै गरेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाख्रीवास बजारस्थित डिपिन गौतमको घरमा ताल खेलिरहेको अवस्थामा मङ्गलबार राती प्रहरीले छापा हानेर तास खेल्नेहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-२ का ३७ वर्षीय टेकनाथ अधिकारी, ३६ बर्षीय नबराज मगर, २७ वर्षीय डिपिन गौतम, ४० वर्षीय ललित राना, ४८ बर्षीय चन्द्रबहादुर राना, २९ वर्षीय निरज श्रेष्ठ र २८ वर्षीय दीपक अधिकारी छन् ।
त्यस्तै, पाख्रीवास २ कै ५० वर्षीय धनबहादुर मगर, ३२ वर्षीय तोर्ण मगर, पाख्रीवास-४ का २४ वर्षीय भीम बसेल र चितवनको भरतपुर-७ घर भएका ३० वर्षीय अर्जुन सुयाल छन् ।
तासको खालबाट ४१ हजार ५ सय २७ रुपैयाँ नगदसहित एक बुङ तास पनि बरामद भएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
उनीहरुविरुद्ध आज जिल्ला प्रशासन कार्यालयबाट ‘जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने’ शीर्षकको मुद्दा दायर गरिएको छ । मुद्दा दायर पश्चात पाँच दिनको म्याद थप गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 
























