संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मुलघाट नजिक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हाईड्रोको केमिकल बोकेर सुनसरीको इटहरीबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०५९० नम्बरको ट्रक गएराती करिब २ः३० बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्रक चालक इटहरी उपमहानगरपालिका ८ का २५ वर्षीय अभिषेक चौधरी र सह-चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का १८ वर्षीय राहुल चौधरी घाईते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका  निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थलबाट ट्रकलाई सडकमा निकाल्ने प्रयास भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!