मोहन ढकाल/संगालोखबर
विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको स्वागतद्वारको डिजाइन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर प्रवेश गर्ने उत्तरी क्षेत्रमा बनाउने भनिएको स्वागतद्वारको डिजाइन सार्वजनिक गरेको लामो समय भइसकेको छ । अहिलेसम्म यसको निर्माण कार्य अघि बढ्न भने सकेको छैन । ६ लेन सडक बिस्तार भएसँगै अहिले भएको स्वागतद्वार साँघुरो भएपछि नयाँ बनाउने जनाइएको थियो । बाटो फराकिलो भएपनि स्वागतद्वार साँघुरो हुँदा दुर्घटनाको जोखिम पनि छ ।

महागनरपालिकाले २०७७ पुसमा स्वागतद्वारको डिजाइन सार्वजनिक गरेको थियो । नयाँ डिजाइन सार्वजनिक गर्दै महानगरले चालु आर्थिक वर्षभित्रै निर्माणको काम अघि बढाउने जनाएको थियो । तर अहिलेसम्म निर्माण सुरु भएको छैन ।

Advertisement

‘महानगरका अन्य संरचना जस्तै उत्तरी स्वागतद्वार बन्ने कुरा पनि एकादेशको कथा मात्रै भयो’, स्थानीय राज दाहाल भन्छन्, ‘२०७७ सालमै निर्माण कार्य सुरु हुने कुरा थियो । तर अहिलेसम्म सुरु नहुनु महानगरको कमजोरी हो ।’ महानगरले हचुवाका भरमा निर्णय मात्रै गर्ने अनि काम नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

महानगरले करिब २ करोड ५० लाखको लागतमा नयाँ स्वागतद्वार निर्माण गर्ने जनाएको थियो । आर्थिक वर्ष २०८१–८२ को बजेटमा रकम बिनियोजन भएको खण्डमा स्वागतद्वार निर्माणको कार्य अगाडि बढ्ने योजना पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिए । ‘सडक विभागले स्वीकृति नदिँदा ढिलो भएको थियो’, उनले भने, ‘आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भयो भने स्वागतद्वार बन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!