
विराटनगर । विराटनगरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्य अंकित पोखरेलको मृत्यु भएको छ । निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश.१-०४-००१ प ३३७७ नम्बरको मोटरसाइकल विराटनगर-१० स्थित भित्री सडकमा राती करिब १२ बजे दुर्घटना भएको हो ।
विराटनगर १ घर भएका २४ वर्षीय पोखरेल मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको भएपनि उपचारकै क्रममा राती करिब १ बजे मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेले जानकारी दिए ।
तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

गोमा ढुंगाना/संगालोखबर 
























