
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज प्रतितोला ५० रुपैयाँ घटेर तीन हजार नौ सय ३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
























