कोशी प्रदेश खेलकुद बोर्डले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरी बोर्डले भोलि आइतबार उनीहरूलाई नगदसहित सम्मान गर्ने जनाएको हो ।
अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरिने बोर्डका सदस्य सचि...






























