मोहन ढकाल/संगालोखबर

विराटनगर । चालू आर्थिक वर्षको बैशाखसम्म मोरङ जिल्लामा सवारी दुर्घटनामा परी १ सय ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङकअनुसार १ हजार १ सय २५ सवारी दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका हुन् ।

Advertisement

दुर्घटनाहरुमा २ सय २९ जना गम्भीर घाइते भए भने १ हजार ५ सय ५१ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा भएका १ हजार ६ सय ४२ सवारी दुर्घटनामा १ सय १२ जनाले ज्यान गुमाएका थिए । २ सय ३७ जना गम्भीर घाइते हुँदा १ हजार ६ सय ४२ जना सामान्य घाइते भएका थिए ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्म नियम उल्लंघन गर्ने ४८ हजार १ सय ५ सवारी साधन कारबाहीमा परेका छन् । त्यसबाट ३ करोड २८ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत वर्ष ७२ हजार ३१ सवारी साधन कारबाहीमा परेका थिए भने ४ करोड ८७ लाख ३२ हजार राजश्व संकलन भएको थियो । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सवारी दुर्घटना न्यूनीकरणका लागि मोरङ जिल्लाभरी ८ हजार पटक जनचेतनामूलक कार्यक्रम गरिएको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर भएको कार्यालयले जनाएको छ ।

पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा कोशी प्रदेशमा सवारी दुर्घटनाबाट ४ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार १० वर्षमा ३३ हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् ।

यो अवधिमा सबैभन्दा बढी १७ हजार ६ सय बढी मोटरसाइकल दुर्घटना भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा १० हजारभन्दा बढी गम्भीर घाइते र २७ हजारभन्दा बढी सामान्य घाइते भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!