मोरङको रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएको बताए ।...































