कोशी प्रदेश कराते महासंघको अध्यक्षमा राना निर्वाचित
विराटनगर । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना (रिक्की) निर्वाचित भएका छन् । बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिष राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित भए ।
त्यस्तै सदस्यमा इलामकी मनकुमारी मुखिया...






























