संगालोखबर


विराटनगर । विराटनगर-७ स्थित सातघुम्तीमा रहेको जेबी ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजक नभएको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ ।

बिल बिजकमा कम मूल्याङ्कन गरिएको र भीसीटीएस बिलसमेत नभएको लत्ताकपडा ७ लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २० वटा पोका बनाएर राखेको अवस्थामा कपडा फेला पारेको हो ।

बरामद गरिएको कपडा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा   बुझाइएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!