संगालोखबर


विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो ।

अब आयोजकले उपाधिका लागि शनिबार इटहरीसँग प्रतिस्पर्धा गर्नेछ । इटहरीले यसअघि एभरेष्ट भेट्रान्स क्लबलाई १-० गोल अन्तरले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको आजको खेलमा आयोजकका सुरज श्रेष्ठले २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको युनाइटेडले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक टोलीका जय देवकोटा घोषित भए । मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!