
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















