संगालोखबर


विराटनगर । पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत ग १ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको होे ।

प्रहरीका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । दुर्घटनामा ६ महिला र ११ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!