
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौंको एक्यूआई १ सय ८१ मापन गरिएको छ ।
शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै ५१ देखि १ सय एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावाको गुणस्तर ५ सय २ एक्यूआई रहेको छ ।
दोस्रो नम्बरमा बंगलादेशको ढाका छ । त्यहाँको एक्यूआई २ सय ५२ र तेस्रो नम्बरमा भारतको नयाँ दिल्लीको २ सय ३४ एक्यूआई छ । प्रदूषण बढेसँगै सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।

संगालोखबर 














