संगालोखबर
फाइल तस्बिर

सर्लाही । सर्लाहीको बाँके-सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खिला गाउँमा गएराति तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका-१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी पाएपछि प्रहरी चौकी गौरीशङ्करबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी पुग्दा बीआर ३० एआर ३४५८, बीआर ३-एपी ३८-९ र एचपी ५५ सी ६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए ।

दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ का २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय रामविश्वास राय सामान्य घाइते भएका छन् । मोडेल अस्पताल लालबन्दीमा उपचारपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!