संगालोखबर


विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं प्रेस काउन्सिल नेपालको समन्वयमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजना गरिएको ‘पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता’ विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचन नभए मुलुक फेरि अस्थिरता र राजनीतिक अन्योलको चक्रव्यूहमा फस्ने निश्चित रहेको भन्दै यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

यसमा सञ्चार क्षेत्र र पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका गतिविधिहरू बढिरहेको उल्लेख गरे ।

निर्वाचनलाई मर्यादित बनाउन पत्रकारहरूले आफ्नो पेसागत धर्म र आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!