संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज कोशी प्रदेशका ८ सहित देशभरका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यदेखि उच्च जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा र उदयपुरमा बाढीको जोखिम रहेको जनाएको हो ।

Advertisement

यस्तै सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ । बाढीविद्का अनुसार बुधबार र बिहीबार सात प्रदेशका  साना नदीको प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!