
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय, सोमबार तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय ८० रुपैयाँ बढेर पाँच हजार ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय ८५, सोमबार चार हजार आठ सय ६० र आइतबार चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














