सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । जनता समाजवादी पार्टी नेपाल धनकुटाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गर्दै जसपाले घोषणा पत्र सार्वजनिक गरेको हो ।

कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने, बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न पहल गर्ने घोषणा पत्रमा उल्लेख छ ।

यस्तै खेलकुद तथा पर्यटन प्रवर्द्धनका लागि जिल्लामा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता साहसिक खेल सञ्चालन गर्ने तथा प्रत्येक पालिकामा व्यवस्थित खेलमैदान निर्माण गर्ने योजना अघि सारेको छ ।

उद्योगतर्फ स्थानीय सीप र स्रोतमा आधारित औद्योगिक ग्राम स्थापना गरी स्वरोजगारको वातावरण बनाउने, सय शैयाको मेडिकल कलेज स्थापना, एक हजार सिट क्षमताको सभाहल, धनकुटाको बेलहरामा एयरपोर्ट, धनकुटासँग जोडिने कोशी करिडोरको याक्चना देखि तमोर नदीमा पक्की पुल, याक्चना देखि त्रिवेणी चोकसम्म पक्की सडक निर्माण तथा धनकुटालाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ ।

राजनीतिक, पूर्वाधार, पर्यटन, सांस्कृतिक संरक्षण, खानेपानी, सिँचाइ तथा कृषि विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने जसपा नेपाल धनकुटाका उम्मेदवार आइतराज लिम्बुले प्रतिबद्धता जनाए ।

धनकुटाको समग्र विकासका लागि सङ्घीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै कोशी प्रदेशको नामकरण, पहिचानका मुद्दा, स्थानीय जातीय तथा भाषिक समुदायको अधिकार र संरक्षणका विषयलाई उठाउने उल्लेख गरिएको छ ।

किराँत-आठपहरिया समुदायको ऐतिहासिक थातथलो संरक्षण, भाषा प्रवर्द्धन तथा सांस्कृतिक क्षेत्रको विकासका वृहत कार्यक्रम र नेपाली जनताको जनजिविकाको साझा मुद्दासँगै पहिचानको मुद्दा स्थापित गर्न संघर्ष तथा समृद्धि तर्फ अघि बढ्ने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!