संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार सुन प्रतितोला तीन लाख चार सय, मंगलबार तीन लाख एक हजार नौ सय, सोमबार तीन लाख दुई हजार आठ सय र आइतबार तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला चार हजार आठ सय ८० रुपैयाँ, मंगलबार चार हजार आठ सय ८५, सोमबार चार हजार आठ सय ६० र आइतबार चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!