
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा अनलाइन प्रणालीमा समस्या भएको छ । आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी अनलाइन प्रणालीमा समस्या उत्पन्न भएको हो ।
कार्यालयले सूचना जारी गर्दै लाइसेन्स बितरण र सवारी सम्बन्धी सेवा मात्रै सुचारु रहेको जनाएको छ । यी बाहेकका सम्पूर्ण सेवाहरू असार मसान्तसम्मका लागि स्थगित गरिएको सूचनामा भनिएको छ ।
‘लाइसेन्स सम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित तथा प्रयोगात्मक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।


संगालोखबर 



















