संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ का एक बालक घरबाटै बेपत्ता भएका छन् । स्थानीय कृष्ण राजवंशीका १४ वर्षीय छोरा काव्य राजवंशी घरबाटै हराएका हुन् ।

बालकका आफन्त संजय राजवंशीका अनुसार दुई दिनअघि हराएका बालक अहिलेसम्म फेला परेका छैनन् । साथीभाइ तथा आफन्तकोमा खोजी गर्दा समेत बालक फेला पार्न नसकिएको उनले बताए ।

Advertisement

परिवारले कोही कसैले बालकलाई देखेमा नजिकैको प्रहरी चौकी अथवा आफूहरूलाई सम्पर्क गरिदिन आग्रह गरेको छ । बालकलाई कतै देखेमा ९८१६३४२४६२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!