संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका र बाल मन्दिर आधारभुत विद्यालयको संयुक्त आयोजनामा भएको महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता एभरेष्ट सेकेन्डरी स्कुल प्रथम भएको छ ।

एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता जितेको हो । प्रतियोगितामा आर्दश स्कुल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानीलकण्ठ स्कुल सान्त्वना भयो ।

एभरेष्टले नगद २१ हजार, आदर्शले १५ हजार, मदन नगरले १२ हजार र सान्त्वना हुने बुढानीलकण्ठले ६ हजार र ट्रफी हात पारेका छन् । प्रतियोगितामा विराटनगरका निजी तथा सामुदायिक गरि ६० विद्यालय सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!