संगालोखबर


विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।

अब इटहरीले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि घरेलु टोली युनाइटेड भेट्रान्स क्लब र आयोजक मिल्स भेट्रान्स क्लब (निलो) बीच प्रतिस्पर्धा हुनेछ ।

निकै प्रतिस्पर्धात्मक बनेको आजको खेलमा पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको इटहरीका लागि विमल कार्कीले निर्णायक गोल गरे ।

उनले खेलको ४७ औं मिनेटमा गरेको गोल नै टिमको जितका लागि पर्याप्त बन्यो । निर्णायक गोलकर्ता कार्की नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!