संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । रतुवामाई नगरपालिका-६ स्थित सौँठा माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले उद्‌घाटन गरेका छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै मेयर सिंहले बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएको बताए ।

उनले नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने उल्लेख गरे । प्रतियोगिता विद्यालयमा सम्पन्न गरिने एउटा वार्षिक गतिविधिमात्रै नभएको बताउँदै उनले उत्सवका रूपमा मनाउने गरी तयारी गर्न शिक्षक र कर्मचारीलाई आग्रह गरे ।

उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि सबैभन्दा बढी समय विद्यालयमा बिताउने भएकाले उनीहरूलाई लागूऔषधको कुलतबाट बचाउन विद्यालयले विशेष निगरानी गर्नुपर्ने बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!