संगालोखबर


विराटनगर । विराटनगरको एजेलिया सेकेन्डरी बोर्डिङ स्कुलले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न हुनेछ ।

कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले वर्तमान समयमा विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई सीप र संस्कारसहितको प्रविधियुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रिन्सिपल दिनेश ढुङ्गानाले विद्यालयलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा प्रदेशकै उत्कृष्ट बनाउने लक्ष्यका साथ अघि बढेको उल्लेख गरे । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार र प्रविधिलाई विद्यालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!