संगालोखबर


सुनसरी । सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा विद्युत प्राधिकरण धरानमा कार्यरत धरान-१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान-१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

प्रहरीका अनुसार राई स्कोरपिओ चालक हुन भने आचार्य करारका कर्मचारी हुन् । सोमबार राति दुहबी-धरान ३३ केभी लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो ।

इटहरी उपमहानगरपालिका-२० सेउती पुलबाट करिब २ सय मिटर दक्षिणमा राति ११ः४० बजे स्कारपियो दुर्घटना भएको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको विद्युत प्राधिकरणको बा १ ञा १६५१ नम्बरको स्कोरपिओ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर प्राधिकरणकै कर्मचारी धरान-२० का अन्दाजी ३२ वर्षीय पदम राई घाइते भएका छन् । सामान्य अवस्थाका उनको बीपीमै उपचार भइरहेको छ । उनी ज्यालादारी कर्मचारी रहेको प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा परेर प्राधिकरणको स्कोरपिओ गाडी पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!