संगालोखबर


विराटनगर । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् । बुधबार बिहानका राति १२ः४५ बजे अमेरिकाको टेक्सास राज्यस्थित अर्लिङ्टनको डलास स्टेडियममा हुने यस खेलले विश्वकपको पहिलो फाइनलिस्टको टुंगो लगाउने छ ।

विश्व फुटबलका दुई सफल टोलीबीचको भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोचक मानिएको छ । फ्रान्स दुई पटकको विश्व विजेता हो भने स्पेन २०१० को विश्व विजेता तथा चारपटकको युरो च्याम्पियन हो ।

Advertisement

यस खेलमा सबैको ध्यान फ्रान्सका कप्तान किलियन एम्बाप्पे र स्पेनका युवा स्टार लामिन यामालतर्फ केन्द्रित हुनेछ । क्लब फुटबलमा ला लिगामार्फत एकअर्काविरुद्ध खेलिसकेका यी दुई खेलाडी अब विश्वकपको सेमिफाइनलजस्तो ठूलो मञ्चमा आमनेसामने हुँदैछन् ।

तथ्यांकले फ्रान्सलाई केही अघि देखाएको छ । खेल विश्लेषण गर्ने संस्था अप्टाको सुपरकम्प्युटरले निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत आकलन गरेको छ । स्पेनको सम्भावना ३१.८ प्रतिशत रहेको छ । खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!