नेकपा एमाले जनताको रोजाइको पार्टी भएको छ : महासचिव पोखरेल

नेकपा एमाले जनताको रोजाइको पार्टी भएको छ : महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनका सम्बन्धमा अझैपनि छलफल गर्न सकिने बताएका छन् । आजबाट धनकुटामा सुरु भएको नेकपा एमाले कोशी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अझै छलफल गरेर स्पष्ट हुन सकिने बताएका हुन् । उनले पार्टीभित्र कुनै किसिमको विमती नरहेको उल्लेख गरे । सार्वजनिक रूपमा गरेका कामको टिकाटिप्पणी गर्न नमिल्ने बताउँदै उनले पार्टीलाई कसरी मजबुत बना...
खेलामा डुबेर दाजु-भाइको मृत्यु

खेलामा डुबेर दाजु-भाइको मृत्यु

पर्सा । पर्साको ठोरी गाउँपालिका-२ हनुमान नगरमा रहेको डेढु खोलामा डुबेर दाजु-भाइको मृत्यु भएको छ । मनोज कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको मृत्यु भएको हो । प्रहरीका अनुसार नाबालकहरू विद्यालय जानुअघि मंगलबार बिहान करिब १ सय ५० मिटर टाढाको डेढु खोलामा नुहाउन गएका थिए । नुहाउनलाई डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै ...
कोशी प्रदेश सरकारले थारू भाषालाई बेवास्ता गरेको भन्दै आपत्ति

कोशी प्रदेश सरकारले थारू भाषालाई बेवास्ता गरेको भन्दै आपत्ति

विराटनगर । कोशी प्रदेश सरकारले थारू भाषालाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै थारू कल्याणकारी सभाले आपत्ति जनाएको छ । ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा थारू भाषालाई समावेश नगरिएको भन्दै सभाले आपत्ति जनाएको हो । मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार पारिएको उक्त विधेयकमा नेपालीका अतिरिक्त मैथिली र लिम्बू भाषालाई मात्र सरकारी कामकाजका भाषाको रू...
मोरङको कानेपोखरीमा पतिको कुटाइबाट पत्नीको मृत्यु

मोरङको कानेपोखरीमा पतिको कुटाइबाट पत्नीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ झरनाकुटुकीमा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्बीमाथि आइतबार राति करिब ८ बजे कुटपिट भएको खुलेको छ । कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । तर अवस्था थप गम्भीर हुँदै गएपछि आफन्तले सोमबार...
उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

धनकुटा । धनकुटाका विभिन्न सामुदायिक विद्यालयका ६ जना छात्र-छात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौं मार्फत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई मायादेवी विष्णुबहादुर श्रेष्ठ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । धनकुटा नगरपालिका-२ स्थित टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम रानाले प्रोत्साहन पुरस्कार पाएका छन् । यस्तै धनकुटा नगरपालिका-१ स्थित हिले माध्यमिक...
सुनको मूल्य दुई दिनमा २४ सय रुपैयाँ घट्यो

सुनको मूल्य दुई दिनमा २४ सय रुपैयाँ घट्यो

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक हजार एक सय रुपैयाँ घटेर एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुप...
धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटा । धनकुटाका ६ वटा सामुदायिक तथा निजी वनलाई नगदसहित सम्मान गरिएको छ । वन दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा निजी वनलाई सम्मान गरिएको हो । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको छ । ससामुदायिकतर्फ पहिलो हुने पाख्रीबास नगरपालिका-२ सान्नेस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजारसहित सम...
सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज बिहान माइक्रो र बस एक-आपसमा ठोक्किँदा घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल,  सप्तरीकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी कै ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र...
माल्टामा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

माल्टामा दुर्घटनामा परेर एक नेपालीको मृत्यु

विराटनगर । तीन वर्षअघि रोजगारीको सिलसिलामा युरोपियन मुलुक माल्टा पुगेका म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको छ । आइतबार सडक दुर्घटनामा परेर उनको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अनुसार स्थायी ठेगाना रघुगंगा-५ म्याग्दी हो । एनआरएनए एनसीसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरु गरेको छ । शव नेपाल ल्याउन चार हजार पाँच सयदेखि छ हजार पाँच सय ...
उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ मा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । मेचेडाँगीका ६९ वर्षीय लालबहादुर खड्काको परिवारका पाँच जना सदस्यहरू बिरामी परेका हुन् । प्रहरीका अनुसार उनीहरूले आइतबार जंगलबाट टिपेर ल्याएको च्याउ तरकारी बनाएर खाएका थिए । उनीहरू आइतबार राति बिरामी परेका प्रहरीको भनाइ छ । ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरब...
सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय मुस्ताक मिया र वडा नम्बर ६ का बलराम यादव छन् । गाँजाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मियाको घरमा खानतलासी गरेको थियो । सोही क्रममा तीन वटा प्लाष्टिकको बोरामा प्याक गरेर राखेको अवस्थामा ७८ किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता...
अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ जलुवा टोलमा आज बिहान भएको दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान भएको छ । दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल र सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर-१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको हो । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगर...
खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा यातायात ठप्प भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट पहिरो खसेको छ । ‘अहिले पहिरो हटाउने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘गन्तव्यमा हिँडेका सवारी-साधन बाटोमा नै रो...
सुन प्रतितोला ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन प्रतितोला ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला १५ रुपैयाँले घटेको चाँदी दुई हजार तीन सय १५ रुपैयाँमा ...
खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुस्थित सापातेलमा दाहसंस्कार गरिएका दिदी-भाइको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिए पनि खबरै नगरी दाहसंस्कार गरिएको भन्दै प्रहरीले चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो । साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । तर आफन...
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पूल चोकमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई उपचारका लागि सुनसरी र विराटनगरका अस्पतालमा पठाइएको प्रहरीले जना...
धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका वृक्षरोपण गरिएको हो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फुलको बिरुवा रोपेर कार्यक्रमको उद्‌घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वातावरणको हिसाबले पृथ्वी जोखिममा रहेको बताउँदै खाली जमिन बाँजो छाड्न नहुने उल्ले...
धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटा । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बसोबास रहेको क्षेत्रमा मनाइने गाईजात्रा पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झने गरिन्छ । धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गराइएको छ । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका १४ घर परिवारका नाममा जात्रा निकालिएको हो । जात्रा मदन चोक, परिचय मो...
क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । विराटनगर-१४ स्थित निवासमा आज बिहान ललितकी आमा ६३ बर्षिया शुभकुमारी राजवंशीको मृत्यु भएको हो । आमाको मृत्युको खबरपछि काठमाडौंमा रहेका ललित विराटनगर आइपुगेका छन् । धार्मिक परम्परा अनुसार मृतक शुभकुमारीको अन्तिम संस्कार आजै सिंघीया खोलामा गरिने भएको छ । उनका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर, माइला राम...
यी हुन धनकुटा दुर्घटनामा घाइते हुने १३ जना (नामावलीसहित)

यी हुन धनकुटा दुर्घटनामा घाइते हुने १३ जना (नामावलीसहित)

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा भएको पिकअप दुर्घटनामा घाइते हुनेको संख्या १३ पुगेको छ । आज बिहान करिब १०ः३५ बजे को २ च २३०९ नम्बरको पिकअप दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा-८ का ४५ वर्षीया रेनुका राई, सोही स्थानका ९० वर्षीय हर्कलाल राई, वडा नम्बर ७ का ३८ वर्षीय जितबहादुर राई र सोही स्थानका ६२ वर्षीय ...
अपडेट : धनकुटामा पिकअप दुर्घटना हुँदा १३ जना घाइते 

अपडेट : धनकुटामा पिकअप दुर्घटना हुँदा १३ जना घाइते 

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना १३ जना घाइते भएका छन् । घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटा प्रहरीका निरीक्षक किशोर तामाङले जानकारी दिए । पिकअपमा २१ जना सवार रहेको खुलेको प्रहरीको भनाइ छ । ‘अलि बढी चोट लागेका तीनलाई थप उपचारका लागि घोपा पठाइएको...
जनकपुरमा रेलले कारलाई ठक्कर दिएपछि…

जनकपुरमा रेलले कारलाई ठक्कर दिएपछि…

धनुषा । जनकपुर उपमहानगरपालिका-९ मा रेलले कारलाई ठक्कर दिएको छ । आज बिहान ९ बजे थापा चोकबाट हिरा अस्पताल आउँदै गरेको कारलाई रेलले ठक्कर दिएको हो । प्रहरीका अनुसार रेल-वे लिकमा अडकिएको बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कारलाई रेलले ठक्कर दिएको हो । रेल-वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको धनुषा प्रहरीले जनाएको छ । कार धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवल...
धनकुटा अस्पतालमा बीएस्सी नर्सिङ पढाउनका लागि पाठ्यक्रम तयार

धनकुटा अस्पतालमा बीएस्सी नर्सिङ पढाउनका लागि पाठ्यक्रम तयार

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले बीएस्सी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ । धनकुटा अस्पताललाई शिक्षण अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले हस्तान्तरण प्रक्रिया सुरुगरेसँगै विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयका अनुसार चालु शैक्षिक सत्रदेखी नै बीएस्सी नर्सिङको कक्षा सञ्चालनको तयारी छ । देशका दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरूको समूहले मह...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना भएको छ । टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप केही समय अघि दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूको संख्या यकिन हुँन बाँकी छ । करिब एक दर्जन व्यक्ति घाइते भएको धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउँने काम भइरहेको छ, घाइतेको संख्या यकिन भइसकेको छैन,’...
भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुर । भोजपुरका कृषक अलैँची खेतीतर्फ आकर्षित भएका छन् । मूल्य बढेसँगै कृषकहरू अलैँचीको नयाँ बगैँचा विस्तारसँगै पुरानो बगैँचाको संरक्षणमा जुटेका हुन् । गतवर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको छ । टेम्केमैयुङ-५ का शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्य...
आज गाईजात्रा पर्व, विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज गाईजात्रा पर्व, विभिन्न कार्यक्रम गरेर मनाइँदै

विराटनगर । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । यस्तै बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, धनकुटा, चैनपुर, इलाम, धरान, विर...
एमाले महासचिव शंकर पोख्रेल धनकुटा आउने

एमाले महासचिव शंकर पोख्रेल धनकुटा आउने

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेल साउन २७ गते धनकुटा आउने भएका छन् । धनकुटाको हिलेमा आयोजना गर्न लागिएको एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकमा सहभागि हुन महासचिव पोख्रेल धनकुटा आउन लागेका हुन् । हिलेमा साउन २७ र २८ गते दुई दिन प्रदेश कमिटीको बैठक बस्ने तय भएको छ । सो बैठकलाई महासचिव पोख्रेलले संवोधन गर्ने एमाले कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङले जानकारी दिए । बैठकमा कोशी प...
इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो इटहरीबाट...
नेपाल पुलिस क्लबमा ‘नालापानी’ को विशेष प्रदर्शन

नेपाल पुलिस क्लबमा ‘नालापानी’ को विशेष प्रदर्शन

काठमाडौं । नेपाल पुलिस क्लबको हलमा चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ । शुक्रबार सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उपस्थितिमा चलचित्र प्रदर्शनी गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’मा राष्ट्र प्रेम पाइने उल्लेख गरे । अभिनेता जितु नेपालले ‘नालापानी’ नेप...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

भोजपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले भोजपुरमा शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा भोजपुर नगरपालिका-१ भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । यसअघि विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिसकेक...
सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु

सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु

सप्तरी । सप्तरीमा बसको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णसवरन गाउँपालिका-२ का ६८ वर्षीय बुदुर चौधरी छन् । आज बिहान करिब ६ः१५ बजे बाग्लुङबाट झापा जाँदै गरेको ना प्र १-०१-००१ ख ४५६० यात्रुवाहक बसले ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक झापा मेचीनगर नगरपालिका-८ का ४२ वर्षीय योगेन्द्र विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिए...
error: Content is protected !!