संगालोखबर


धनकुटा । भोजपुरको अरुण गाउँपालिका-६ स्थित फेरी बजारमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको हो ।

भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुल्न बाँकी छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!