मोरङको उर्लाबारी र बेलबारीका दुई पुरुष धान खेतमा मृत फेला
विराटनगर । मोरङको उर्लाबारी र बेलबारीमा दुई पुरुष मृत फेला परेका छन् । उनीहरू धान खेतमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका-२ का २५ वर्षीय सुशील लिम्बूको शव आज बिहान धानखेतमा भेटिएको हो ।
घरछेउमै रहेको खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । लिम्बूमा यो भन्दा पहिला पनि आफैँ बेहोस हुने समस्या रहेको प्रारम्भ...




























