संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा डोजरले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणको काम गरिरहेको ना १ क ७३४७ नम्बरको डोजरले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले डोजर र चालक उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!