संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिका-२ मंगलबारेस्थित कृषि फार्ममा आगलागी भएको छ । आज बिहान करिब ५ः४५ बजेतिर भएको आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको छ ।

टिकुमाया अधिकारीको नाममा दर्ता रहेको र जीवन अधिकारीले सञ्चालन गर्दै आएको टिनको छानो र बाँसको टाटीबेराले बनेको फार्ममा लागेको आगो नियन्त्रणमा लिन दमकल र स्थानीयलाई एक घण्टाबढी लागेको थियो ।

आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् भने भण्डारण गरिएको धान, कोदो, मकै र गहुँलगायतका खाद्यान्न पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । फार्ममा राखिएको काठपात तथा युरिया र डीएपी मल समेत जलेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!