प्लानिङ ब्वाइजलाई भीमनारायण गोल्डकपको उपाधि
धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौँले धनकुटामा सञ्चालित १५ औं भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको ४५ औं मिनेटमा प्लानिङ ब्वाइजका जर्सी नं.२० का यो नेपोलियनले गोल गर्दै टिमको खाता खोलेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नं.१३ का विशाल दर्जीले गोल थप्दै प्...































