- संगालोखबर सम्बाददाता

धनकुटा । सिरहाको सहलेश युवा क्लबले धनकुटाको राजारानीमा सञ्चालित रारा गोल्डकपको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा डाँडाबजार फुटबल क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो ।

सलहेशलाई उपाधि चुमाउन फागुराम थारूले २ र समिर तामाङले एक गोल गरे । डाँडाबजारका खेलाडीले आत्मघाती गोल गर्दा सिरहालाई थप मद्दत मिल्यो । डाँडाबजारका लागि निरज थापा मगरले पेनाल्टीमार्फत एक गोल गरे । उपाधिसँगै सिरहाले ३ लाख प्राप्त गरेको छ भने उपविजेता डाँडाबजारले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

सिरहाका फागुराम थारू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ४ गोल गर्न सफल उनी सर्वाधिक गोलकर्ता पनि बने । फाइनल खेलको म्यान अफ द म्याच सिरहाका समिर तामाङ घोषित भए । सिरहाकै निश्चल मोक्तान उत्कृष्ट गोलरक्षक बने । आयोजक रारा फुटबल क्लबका अर्जुन लिम्बुलाई उदीयमान खेलाडी घोषणा गरियो ।

विजयी टिम र खेलाडीहरूलाई चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमी, आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङ लगायतले पुरस्कार प्रदान गरेका छन् । बैशाख २२ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधिका लागि ८ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!