भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा

भ्रष्टाचारको विरोध गर्न नदिए अरु पनि नाङ्गिने दिन आउँछ: सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भ्रष्टाचारी र घुसखोरी विरुद्ध बोल्न नदिए अमरेश कुमार सिंह जस्तै अरु सांसद पनि नाङ्गिनु पर्ने अवस्था आउँने संकेत गरेका छन् । प्रतिनिधि सभा बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले भ्रष्टाचार र घुसखोरी विरुद्ध बोल्न खोज्नेलाई अवरोध गर्न नहुने तर्क गरेका हुन् । भ्रष्टाचारीलाई जोगाउने खेल भइरहेको भन्दै उनले भ...
विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए

विराटनगरमा शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्मिए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । सप्तरीको कल्याणपुरकी दुखनीदेवी भगत चौधरीले छातीदेखि पेटसम्मको शरीरको भाग सँगै गाँसिएका जुम्ल्याहा छोरी जन्माएकी हुन् । उनीहरूको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने बेग्ला बेग्लै छ । ३.४ किलोग्राम तौल भएका दुबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.रविनराज सिंहल...
पाथीभरा जाँदा बेपत्ता भएका वृद्धको शव जङ्गलमा भेटियो

पाथीभरा जाँदा बेपत्ता भएका वृद्धको शव जङ्गलमा भेटियो

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जाने क्रममा बेपत्ता भएका झापाका लोकप्रसाद पराजुली मृत फेला परेका छन् । अर्जुनधारा नगरपालिका–५ घर भएका ६० वर्षीय पराजुलीको शव आज बिहान जङ्गलमा फेला परेको हो । उनी गत शुक्रबार परिवारका सदस्यसहित मन्दिर जाने क्रममा बाटो बाटै बेपत्ता भएका थिए । उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूमा बोक्न लगाएर लागिएको थियो । शौचालय जान भनेर जङ्गल पसेका पराजुली नफर्किएपछि...
काम गर्न बोलाएर बालिकामाथि बलात्कार

काम गर्न बोलाएर बालिकामाथि बलात्कार

उदयपुर । बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–१ आमवासीका अतिमान बिक पक्राउ परेका छन् । पीडित पक्षले उजुरी दिएपछि प्रहरीले विकलाई सोमबार पक्राउ गरेको हो । घटना गत फागुन १८ गतेको हो । विकले श्रीमती बिरामी भएकाले खाना पकाउन सघाउन बोलाएर १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ । ती बालिकाले दुई महिनापछि गत आइतबार परिवारका सदस्यलाई घटना सुनाएपछि पीडित पक्षले इलाका प्रहरी कार्...
हिलेको बक्रकुण्डमा सेनाले बनाइदियो प्रवेशद्वार

हिलेको बक्रकुण्डमा सेनाले बनाइदियो प्रवेशद्वार

धनकुटा । नेपाली सेनाले धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको प्रवेशद्वार निर्माण गरेको छ । इटहरीस्थित पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा हिलेको पहलमा सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत प्रवेशद्वार बनाइएको हो । भक्तपुरबाट कालिगढ ल्याएर १० लाख खर्च गरी पुरातात्विक शैलीमा निर्माण गरिएको प्रवेशद्वार सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । पूर्वी पृतना हेडक्वाटरका पृ...
विराटनगरका मासु पसलमा कडाइ

विराटनगरका मासु पसलमा कडाइ

विराटनगर । विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुला रुपमा माछामासु बिक्री गर्न रोक लगाएको महानगरले यसलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमनलाई तिव्रता दिएको हो । सटरमा सञ्चालित माछामासु पसलको अनुगमनमा पनि तीव्रता दिइएको छ । महानगरको पशुपक्षी विकास शाखाका प्रमुख शुभनारायण यादव नेतृत्वको टोलीले सोमबार रोडशेष र कोशी प्रोजेक्ट आसपासका मासु पसलको अनुगमन गरेको...
ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति

ट्रमा र सर्जिकल आइसीयूको स्तरोन्नति

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो । दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५...
संसद् बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह

संसद् बैठकमै लुगा खोलेर नाङ्गिए सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा लुगा खोलेर नाङ्गिएका छन्  । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसद सिंहले लुगा खोलेका हुन् । उनले बैठकमा आकस्मिक समय मागेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गन्जी खोलेर नाङ्गिदै विरोध जनाएका हुन् । सिंहले लुगा खोलेपछि अन्य सांसदहरुले पनि विरोध जनाए । सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउँन चेतावनी ...
‘काकाकुल’ काठमाडौं (फोटो)

‘काकाकुल’ काठमाडौं (फोटो)

काठमाडौंको पिङ्गलास्थानमा सडक छेउमा बगेको पानी बाल्टिमा उठाउँदै स्थानीय । काठमाडौंका धेरै स्थानमा अहिले पनि सर्वसाधारण खानेपानीको समस्या झेल्न बाध्य छन् । तस्वीर: बिनोद बिष्ट/संगालोखबर
सांसद शर्माको खुलासा: अभियुक्तको बयान फेर्न खोजिदैछ

सांसद शर्माको खुलासा: अभियुक्तको बयान फेर्न खोजिदैछ

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरूको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थी...
५१ तोला सुन र ४९२ तोला चाँदीसहित तीन जना पक्राउ

५१ तोला सुन र ४९२ तोला चाँदीसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरबाट ठूलो परिमाणमा सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । ५१ तोला सुन, ४९२ तोला चाँदी र ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित तीन जनालाई विराटनगर–१५ बाट प्रहरीले पक्राउ गरेको हो । को.२ च १४९५ नम्बरको इको भेनमा अवैध सुनचाँदी र नगद बोकेर विराटनगरबाट भातरतर्फ जादै गर्दा भारत बिहार कटिहारका ६१ वर्षीय बिनोद कुमार मुरारका, उनकी श्रीमती ५६ वर्षीया पुष्पा र भेन चालक बिराटनगर–२ का ...
पाथीभरा दर्शन गर्न जाने क्रममा पराजुली बेपत्ता

पाथीभरा दर्शन गर्न जाने क्रममा पराजुली बेपत्ता

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका करिव ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी न...
डीभीको नतिजा आज सार्वजनिक हुँदै

डीभीको नतिजा आज सार्वजनिक हुँदै

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडिभी) को नतिजा आज सार्वजनिक हुदैछ । नेपाली समय अनुसार राती ९ः४५ बजे डीभीको नतिजा सार्वजनिक हुनेछ । डीभी भर्दा प्राप्त भएको कन्फर्मेशन कोड नम्बरका आधारमा रिजल्ट थाहा पाउन सकिन्छ । अमेरिकी विदेश मन्त्रालयको वेबसाइट मा गएर डीभीको रिजल्ट हेर्न सकिनेछ । वेबसाइटमा आफ्नो कन्फर्मेशन नम्बर राखेर डीभी परे/नपरेको थाहा पाउन सकिने अमेरिकन डिभी शाखाले जनाए...
संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिरमा पुजा गर्दै भक्तजनहरू । तस्वीर: कविन्द्र भण्डारी
घर बनाउने क्रममा ढिस्को झरेर पुर्दा चार जनाको मृत्यु

घर बनाउने क्रममा ढिस्को झरेर पुर्दा चार जनाको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा घर निर्माण गर्ने क्रममा आज साँझ माटोको ढिस्को झरेर पुर्दा चार जना मजदुरको मृत्यु भएको छ । स्थानीय विनोद श्रेष्ठको घर बनाउने क्रममा साँझ करिब ५ बजे माथिबाट माटोको ढिस्को झरेर पुर्दा भारतीय मजदुरहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको किसनगन्जका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम छन् । भर्खरै खनिएको घडेरीमा आजैबाट घर निर्माणको काम थाल...
रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता

रास्वपा सरकारमा नजाने, समर्थन पनि फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागि नहुने भएको छ । पार्टी कार्यालय बसुन्धरामा शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि नहुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । योसँगै अब रास्वपा प्रतिपक्षमा बस्ने भएको छ । बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिए । र...
विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगरमा कराँते प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा शुक्रबारदेखि कराँते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा खुला कराँते प्रतियोगिता सुरु भएको हो । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै वाग्लेले खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धामा १९ तौल समूहमा खेलहरू भइरहेका...
अपडेटः हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

अपडेटः हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको हो । उनी हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी पाइलट सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । शरीरका विभिन्न भा...
धनकुटामा पिकअप पल्टिँदा तीन जना घाइते

धनकुटामा पिकअप पल्टिँदा तीन जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा शुक्रबार दिउँसो पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सिधुवाबाट तरकारी बोकेर काठमाडौं जादै गरेको बा.०१०२६ प ८७२७ नम्बरको पिकअप दिउँसो करिब २ बजे गोठगाउँस्थित औद्योगिक ग्राम नजिक पल्टिएको हो । दुर्घटनामा परी छथर जोरपाटी–६ का ४० वर्षीय गोविन्द घिमिरे, पिकअप चालक सिरहाको नहरा गाउँपालिका १ का ३५ वर्षीय अरविन्द कुमार महतो र सप्तरीको कञ्चनरूप नगरपाल...
हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित दुई जनाको अवस्था गम्भीर

हेलिकप्टर दुर्घटना अपडेटः पाइलटसहित दुई जनाको अवस्था गम्भीर

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पाइलटसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ्ग गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । हेलिकप्टरमा सवार थप दुई जना सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागि सिम्रिक एयरको अर्को हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संख...
इटहरीमा पाँच सय र हजारका नक्कली नोट भेटिए

इटहरीमा पाँच सय र हजारका नक्कली नोट भेटिए

इटहरी । सुनसरीको इटहरीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । इटहरी उप–महानगरपालिका–१ आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित गढी गाउँपालिका–२ का ३८ को जमिल खातुनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार साँझ करिब सात बजे खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँको नोट दिएका थिए । नोट असामान्य देखिएपछि नक्कली हुनसक्ने शंका लागेर पसलका मानिसले मेलामा खटिएका प्रहरीलाई जानकारी गराएका थिए ।...
संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो । सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगा...
किराँत समुदायले उभौली पर्व मनाउँदै

किराँत समुदायले उभौली पर्व मनाउँदै

विराटनगर । किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा आराधना गरी किराँत समुदायले उभौली मनाउँने गर्छन् । उभौली, किराँत समुदायको महत्वपूर्ण पर्व हो । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने चलन छ । अब गर्मी बढ्नाले किराँती समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसलाई उभौ...
मोरङमा नयाँ सीडीओ

मोरङमा नयाँ सीडीओ

विराटनगर । मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् । सर्लाही घर भएका बिरेन्द्रकुमार यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनेर आएका हुन् । उनी यसअघि संखुवासभामा प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट सरुवा भएर यादव गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा हाजिर भएका हुन् । यसैबीच, सीडीओ यादवले बिहीबार मोरङका पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् । उनले जिल्लाको अवस्था र गर्नुपर्ने कामको ब...
आरक्षण बढाउँन दलित महिलाको माग

आरक्षण बढाउँन दलित महिलाको माग

विराटनगर । कोशी प्रदेशका दलित महिलाहरूले आरक्षण कोटा बढाउँन माग गरेका छन् । न्याय, समानता र सम्मानका लागि दलित महिला संघले विराटनगरमा आयोजना गरेको दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले दलित समुदाय, महिला र दलित महिलाको आरक्षण कोटा बढाउँन माग गरेको हो । बिहीबार सम्पन्न सम्मेलनले आरक्षण कोटा बढाउँनुपर्नेसहित १९ बुँदे माग र पाँच बुँदे प्रतिवद्धतासहितको विराटनगर घोषणापत्र जारी गरेको छ । ...
दलित महिला संघको कोशी प्रदेश समिति गठन

दलित महिला संघको कोशी प्रदेश समिति गठन

विराटनगर । दलित महिला संघको कोशी प्रदेश समिति निर्माण गरिएको छ । विराटनगरमा बिहीबार सम्पन्न दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले उदयपुरकी पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय कोशी प्रदेश समिति निर्माण गरेको हो । यसअघि जिल्ला–जिल्लामा मात्र समिति थिए, कोशी प्रदेशमा पहिलो पटक प्रदेश समिति निर्माण गरिएको हो । नव गठित समितिको उपाध्यक्षमा इलामकी बसन्ती घतानी, सचिवमा मोरङकी दुर्गा नेपाल...
धरानबाट २२७ किलो गाँजासहित दुई युवा पक्राउ

धरानबाट २२७ किलो गाँजासहित दुई युवा पक्राउ

सुनसरी । ठूलो परिमाणको गाँजासहित धनकुटाका दुई युवा आज धरानबाट पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ स्थित बेसक्याम्पको शिवधारा चेक प्वाइन्टबाट २२७ किलो गाँजासहित छथर जोरपाटी गाउँपालिकाका–६ सिधुवाका ३४ वर्षीय चन्द्र थापा र छथरजोरपाटी–२ ओख्रेका २८ वर्षीय चूणामणि कटवाल पक्राउ परेका हुन् । धनकुटाबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको ...
मोरङका १२ अग्रज पत्रकार सम्मानित

मोरङका १२ अग्रज पत्रकार सम्मानित

विराटनगर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङले बुधबार अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा अग्रज पत्रकार मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी,...
लेटाङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

लेटाङमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ । धनकुटाको छ नं.बुधबारेबाट लेटाङ आउँदै गरेको बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । आज अपरान्ह करिब ४ बजे लेटाङ नगरपालिका–७ वारंगीमा प्र. १– ०२–००१ ज ३९५३ नं को बोलेरो पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी चालक पथरी शनिश्चरे–२ का २५ वर्षीय मनोज दियाली र गाडी धनी लेटाङ–६ का ७४ वर्षीय जीवन कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएक...
सुरुङभित्र ढुङ्गाले लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सुरुङभित्र ढुङ्गाले लाग्दा अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । निमार्णाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लाग्दा सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको हो । गएराति मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट २ को सुरुङभित्र ढुंगा खसेर लाग्दा राई गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आज बि...
राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप हुने भएको छ । आयोजक रारा फुटबल क्लबले राजारानीमा पत्रकार सम्मेलन गरेर बैशाख २२ देखि २८ गतेसम्म गोल्डकप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुनेछ । २०५८ सालबाट सञ्चालन गर्न थालिएको प्रतियोगिताको यो १० औं संस्करण हो । ऐतिहासिक चण्डी पूर्णिमा मेल...
error: Content is protected !!